नियम
बालबालिकालाई नियन्त्रणमा लिने
: ।१) नियम ३ बमोजिम अनुसन्धान गर्दा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई अनुसन्धानको लागि ऐनको दफा २१ को उपदफा ।१) बमोजिम नियन्त्रणमा नलिई नहुने अवस्था भएमा त्यस्तो बालबालिकालाई _ नियन्त्रणमा लिई त्यसको सूचना नियन्त्रणमा लिइएका बालबालिकाको परिवारको सदस्य, परिवारको सदस्य उपलब्ध नभए संरक्षक, संरक्षक पनि उपलब्ध नभए नजिकको नातेदारलाई अनुसूची-१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२) कस्रजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई ऐनको दफा २१ को उपदफा (२) बमोजिम नियन्त्रणमा लिई रहन आवश्यक नदेखिएमा अनुसन्धान अधिकारीले अनुसूची-२_ बमोजिमको ढाँचामा कागज गराई निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई जिम्मा लगाउनु पर्नेछ ।